४ आश्विन २०८१, शुक्रबार

पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा पूर्णचन्द्र निर्वाचित

प्रकाशित मिति :  6 March, 2022 3:05 pm


भैरहवा । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा पूर्णचन्द्र सापकोटा निर्वाचित भएका छन् ।

शनिबार भैरहवास्थित बोधी रेडसन होटलमा सम्पन्न ‘नेपाल पशुपन्छी औषधि व्यवसायी सङ्घ, केन्द्रीय कार्यसमितिको १३ औँ राष्ट्रिय महाधिवेशन तथा ३१औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा सापकोटा निर्वाचित भएका हुन् ।

सापकोटा यसअघि नेपाल पशुपन्छी औषधि व्यवसायी सङ्घ चितवन शाखाका पूर्व अध्यक्ष तथा केन्द्रिय कार्यसमितिको सल्लाहकार थिए । उनी नारायणी भेट फर्मा का संचालक समेत हुन् ।

यस्तै उपाध्यक्षको थोक तर्फ रितेश रिमाल, आयात तर्फ धन कुमारी पाण्डे, खुद्रा तर्फ लक्ष्मण घिमिरे निर्वाचित भएका छन् ।

महासचिवमा नारायण भुजेल, सचिवमा दिनेश कट्टेल , कोषाध्यक्ष सुना सुवेदी लगायत सदस्यहरू क्रमशः स् हुमाकान्त काफ्ले, राजेन्द्र थापा मगर, अशोक शर्मा, कृष्णप्रसाद लम्साल निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !