१२ मंसिर २०८१, बुधबार

पल शाह थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रकाशित मिति :  6 March, 2022 5:21 pm


काठमाडौं ।  बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् ।

नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहमाथि प्रहरीले जबरजस्ती करणीको कसूरमा अनुसन्धान गरिरहेको छ ।

नाबालिग गायिकाको परिवारले दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले शाहमाथि अनुसन्धान अगाडि बढाएको हो। नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।

आफूविरुद्ध जाहेरी दर्ता भएको ४ दिनपछि फागुन १५ गते शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।



प्रतिक्रिया दिनुहोस !