८ मंसिर २०८१, शनिबार

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री देउवाले पेश गरे वार्षिक प्रतिवेदन

प्रकाशित मिति :  6 March, 2022 6:15 pm


sf7df8f}F, @@ kmfu’gM /fli6«o ;’/Iff kl/ifbsf] rf}yf] jflif{s k|ltj]bg k]z /fi6«klt ljBfb]jL e08f/L;dIf cfOtaf/ /fi6«klt sfof{no zLtnlgjf; k|wfgdGqL z]/axfb’/ b]pjf /fli6«o ;’/Iff kl/ifbsf] rf}yf] jflif{s k|ltj]bg k]z ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो प्रतिवेदन पेश गरेका हुन्।

देउवाले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा(३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । रासस



प्रतिक्रिया दिनुहोस !