८ मंसिर २०८१, शनिबार

झापा गोल्डकप: पुलिसलाई पराजित गर्दै संकटा क्वाटरफाइनमा

प्रकाशित मिति :  6 March, 2022 6:40 pm


झापा । मोफसलकै लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै संकटा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ।

रोमाञ्चल खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेले । विभिन्न समयमा दुबै टिमले गोल गर्ने सुनौलो अवसर पाएपनि गोल गर्न सकेनन् । खोलको दोस्रो हाफको २० औँ मिनेटमा संकटाका लागि विदेशी खेलाडी फोडे फोफोनाको पासमा उत्तम राईले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए।

बाँकी समयमा दुबै टिमबाट कुनै गोल हुन नसक्खा राईले गरेको उक्त गोल नै संकटाको जितको निर्णायक गोल बन्यो। जितसँगै संकटा क्लब क्वाटर फाइनल प्रवेश गरेको छ ।

आज भएको खेलको उत्कृष्ट खेलाडी बिजेता टीम संकटाका फोडे फोफोना घोषित भए ।

सोमबार क्वाटरफाइनल अन्तर्गतको पहिलो खेल दिउँसो २:३० बजे सातदोबाटो र सशस्त्र प्रहरी बलबिच हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन्, भने उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले बताएको छ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस !