स्याङ्जाको भीरकोट नगरपालिकामा सुविधा सम्पन्र सिटी हल तयार
स्याङ्जा । भीरकोट नगरपालिकामा सुविधा सम्पन्र सिटी हल निर्माण कार्य सम्पन्र भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा बालमैत्री नगरपालिका भीरकोटमा सिटी हल निर्माण सम्पन्न भएको हो ।
नगरपालिकाको वडा नम्बर २ दहुथुम प्रहरी चौकीको बिचमा ३ सय जना व्यक्तिहरु अटाउने क्षमता रहेको सिटी हल निर्माण भएको हो । यो हल ३ करोड ६२ लाख ७२ हजार ९९८ रुपैँया लागतमा बनेको नगरपालिकाले जनाएको छ । सिटी हलमा एउटा अपांग मैत्री शौचालय सहित ६ वटा सुविधा सम्पन्र शौचालयहरु रहेका छन् ।
नगरपालिकाले फागुन २२ गते पहिलो बालमैत्री दिवसको कार्यक्रम गरी सिटीहललाई औपचारिक रूपमा प्रयोगमा ल्याएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीको मातहतमा निर्माण सम्पन्न भएको सिटीहल बालमैत्री दिवस अवसर पारेर भीरकोट नगरपालिकालाई हस्तान्तरण गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले बताए ।