४ आश्विन २०८१, शुक्रबार

भीरकोटमा आईपिएम कृषक पाठशाला सुरु

प्रकाशित मिति :  8 March, 2022 3:17 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा आईपिएम कृषक पाठशाला सुरु भएको छ । भीरकोट वडा नम्बर ५ शिवशाक्ति एकिकृत सत्रुजीव व्यवस्थापन आईपिएम कृषक पाठशला वातावरण स्वच्छ राखौँ विषादी न्युनिकरण गरौँ भन्रे नाराका साथ पकानमा शुरु भएको हो ।

आईपिएम पाठशालाको उद्घाटन गर्दै नगरप्रमुख छायाराम खनालले विषादीरहित अर्गानिक तरकारी उत्पादनमा जोड दिनुपर्ने भन्दै स्वस्थकर खानाले नै नागरिक स्वस्थ र सचेत हुन सक्ने बताए ।

साथै कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति लक्ष्मण अधिकारीले आफ्नो कार्यकालभित्र किसानहरुको हितमा विभिन्र कार्यक्रम लिएर आएको र अब पनि आउँदा दिनहरुमा किसानका लागि नै काम गर्ने प्रतिबद्धता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !