८ मंसिर २०८१, शनिबार

नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

प्रकाशित मिति :  9 March, 2022 11:51 am


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार पुगेपछि इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।

बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको हो।

मंगलबार तेजावी सुन १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यसअघि सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।



प्रतिक्रिया दिनुहोस !