लायन्स क्लबद्धारा वालिङ अस्पतालका सुत्केरी महिलालाई पोशिलो आहार वितरण
स्याङ्जा । वालिङ नगरपालिकामा ११२औँ अन्तरिष्ट्रिय नारी दिवसका अवसरमा लायन्स क्लब अफ वालिङ सिटिले सुत्केरी महिला तथा विरामीहरुलाई पोशिलो आहार वितरण गरेको छ ।
लायन्सले लियो क्लब अफ वालिङ सिटिको सहकार्यमा गह्रौँ प्राथामिक अस्पताल वालिङमा रहेका सुत्केरीलाई पोशिलो आहार तथा फलफुल तथा नवजात शिशुका लागी कपडा र अन्य भर्ना भएर बसेका विरामीहरु गरी १० जनालाई वितरण गरिएको लायन्सका अध्यक्ष चुत्रकुमारी थापाले जानकारी दिइन् ।
कार्यक्रममा लायन्स क्लबका अध्यक्ष चुत्रकुमारी थापाले संविधानले दिएका महिलाका हकअधिकार कार्यान्वयनका लागी अब महिलाहरु एकजुट हुनुपर्ने बताइन । कार्यक्रममा अस्पतालका डाक्टर विनोद पौडेलले सुत्केरी तथा विरामीहरुका लागी पोशिलो आहार उपलब्ध गराएकोमा आभार व्यक्त गरेका थिए । साथै कार्यक्रममा अस्पतालका डाक्टर, कर्मचारी तथा लायन्स र लियोका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेका थियो ।