वालिङमा ओलिम्पिक दिवसको अवसरमा आयोजित कार्यक्रममा ६ जना विधार्थी पुरस्कृत
स्याङ्जा । वालिङ नगरपालिकामा सन् २०२१ जुन २१मा ओलिम्पिक दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय भर्चुअल माध्यमबाट सञ्चालित निबन्ध , चित्रकला , कविता प्रतियोगिता उत्कृष्ठ भएका विधार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ठ भएका सगरमाथा आवाशीय मावि र पाईनियर हायर एजुकेसन माविका ६ जना विद्यार्थीहरुलाई हिजो एक कार्यक्रम गरेर ओलम्पिक कमिटिका पुर्व उपाध्यक्ष विष्णु गोपाल श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
साथै कार्यक्रममा बोल्दै उपप्रमुख कल्पना तिवारीले विद्यार्थीलाईकिताबी ज्ञान बाहेकका अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै क्रियाशिल रहन जोड दिइन् ।
साथै उनले स्थानीय पालिकाले बजेट विनियोजन नै गरेर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने र नगरपालिकाले विद्यार्थीसंग मेयर कार्यक्रमलगायतका विद्यार्थी लक्षित कार्यक्रम गर्दै आईरहेको बताइन् ।