१२ मंसिर २०८१, बुधबार

भीरकोट नगरपालिका वडा नम्बर ८ रिपमा गाउँघर क्लिनिकको भवन उद्धघाटन

प्रकाशित मिति :  10 March, 2022 1:30 pm


स्याङ्जा । भीरकोट नगरपालिका वडा नम्बर ८ रिपमा गाउँघर क्लिनिकको भवन उद्धघाटन गरिएको छ । अनुग्रह समाज कल्याण संस्थाको ७ लाख सहयोगमा र ४ लाख नगरपालिकाको सहयोगमा ११ लाखको लागतमा भवन निर्माण सम्पन्र भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस भीरकोट नगर सभापति तथा वडा नम्बर ५ का अध्यक्ष यामप्रसाद अधिकारीले हरेक वाडवाडमा शहरी स्वास्थ्य चौकी तथा गाउँघर क्लिनिकबाट हरेक नागरिकलाई स्वास्थ्यको सहज पहुँचमा पुर्याउनको लागि प्रतिवद्ध रहेको बताए । भवनको उद्धघाटन गर्दै डा लक्ष्मीप्रसाद राईले गाउँघर क्लिनिक भवन निर्माण पछि स्वास्थ्य सेवा तथा उपाचरमा नागरिकलाई सहज हुने बताए ।

साथै वडा नम्बर ८ क तन बहादुर गुरुङले क्लिनिक बनाउनका लागि जग्गा उपल्ब्ध गराएकोमा स्थानिय छवि परिवारलाई धन्यावाद व्यक्त गरेका थिए । उक्त भवन एक तला र २ वटा कोठा रहेको भीरकोट नगरसभापति याम प्रसाद अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !