८ मंसिर २०८१, शनिबार

दुर्घटनामा परेकालाई जन्म दिनको अवसरमा आर्थिक सहयोग

प्रकाशित मिति :  10 March, 2022 3:28 pm


स्याङ्जा । भीरकोट नगरपालिकाका युवा समाजसेवी एवं भीरकोट तरुण दलका अध्यक्ष नेता राजकुमार गुरुङले जन्म दिनमा आर्थिक सहयोग गरेका छन् ।

गुरूङले सवारी दुर्घटनामा परि उपचारको क्रममा रहेकी भीरकोट नगरपालिका ९ निवासी अनु गुरूङलाई स्वास्थ्य लाभको कामना गर्दै रू ११,१०० रुपैँया आर्थिक सहयोग र पर्वत बिहादीमा एक विपन्र परिवारलाई दैनिक उपयोग गर्ने खाद्यान्न वितरण गरेर जन्मदिन मनाएका हुन् ।

गुरूङले गर्दै आएको निस्वार्थ समाजसेवा र सहयोगको प्रशंसा गर्दै नेपाली कांग्रेस भीरकोटका सभापति यम प्रसाद अधिकारीले नेपाली कांग्रेस भीरकोट नगर कार्यसमितिले पनि अनु गुरुङको उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रशासन प्रमुख कृष्ण पौडेलको पनि सहभागिता रहेको थियो ।

समाजसेवी गुरुङले कोरोना महामारीको बेलामा पनि भीरकोट जेसीस संस्थासँग सहकार्य गरेर कोभिड संक्रमितलाई अस्तपताल पुर्याउने र विपन्र परिवारलाई राहात वितरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !