नेप्से परिसूचक ५२.२१ अंकले बढ्याे
विगत केहि दिनदेखी ओरालो लागेको सेयरबजारमा आज भने दोहोरो अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ अंकमा पुगेको भने सेन्सेटिभ परिसूचक पनि ६.२४ अंकले बढेर ४९३.४३ अंकमा पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।
बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ६५ लाख २९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै आज माउन्टेन इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.०८ प्रतिशतले घटेको छ ।
कूल २२६ वटा कम्पनीको ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।