८ मंसिर २०८१, शनिबार

स्याङ्जामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा भीरकोट प्रथम

प्रकाशित मिति :  11 March, 2022 2:45 pm


स्याङ्जा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा स्याङ्जाका ११ स्थानीय पालिकामध्ये भीरकोट नगरपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरी उत्कृष्ट भएको छ ।

वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा भीरकोट नगरपालिकाले ७२.४६ अंक प्राप्त गरी जिल्लामै उत्कृष्ट भएको हो ।जिल्लामा सबैभन्दा कम अंक अर्जुनचौपारी गाउँपालिकाले प्राप्त गरको छ । उसले ४८.०६ अंक प्राप्त गरेको छ । जिल्लाका पाँच नगरपालिकामध्ये भीरकोटले सबैभन्दा बढी ७२.४६ र पुतलीबजारले सबैभन्दा कम ५८.९५ अंक प्राप्त गरेको छ, भने चापाकोटले ६५.५४, वालिङले ६४.५३ र गल्याङ नगरपालिकाले ६२.६४ अंक प्राप्त गरेका छन् ।

त्यसैगरि जिल्लामा रहेका ६ गाउँपालिकामध्ये कालीगण्डकीले सबैभन्दा बढी ६५.०९ र अर्जुनचौपारीले ४८.०६ अंक प्राप्त गरेका छन्, भने फेदीखोलाले ६४.२५, आँधीखोलाले ६०.७०, हरिनासले ५५.६३ र बिरुवा गाउँपालिकाले ५१.९४ अंक प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !