विश्व मृगौला दिवसका अवसरमा रोटरी क्लब अफ वालिङद्धारा सचेतनामुलक र्याली
स्याङ्जा । स्याङ्जाको वालिङमा विश्व मृगौला दिवसका अवसरमा रोटरी क्लब अफ वालिङ सिटिले सचेतनामुलक र्याली गरेको छ ।
गाह्रौँ प्रथामिक अस्पतालाबाट सुरु भएको र्याली भुम्रे चोक, भकुण्डे हुदै वालिङ डायलाईसिस सेन्टरमा पुगेर कार्यक्रम गरिएको थियो । उक्त र्यालीमा नियमित व्ययाम गरौँ, रोगको पहिचान हाम्रो अभियान, डाक्टरको परार्मश विना कुनै औषधी सेवन नगरौँ जस्ता चेतनामुलक सन्देश लेखिएको प्लेकार्ड सहितको र्यालीमा स्वास्थ्यकर्मी, विधार्थी लगायत अन्य व्यक्तिहरु को सहभागी रहेको थियो ।
क्लबले गत माघ १ गतेबाट वालिङमा निःशुल्क मृर्गौला डायलाइसिस सेवा सञ्चालनमा ल्याएको थियो । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँगको सहकार्यमा माघदेखि एक सिफट्मा सात जनाका दरले दैनिक दुई सिफ्टमा मुटुरोगीले निशुल्क मृगौलाको डायलाईसिस गराईरहेका क्लबका पुर्व अध्यक्ष सोमु रानाले जानकारी दिए ।
र्यालीमा सहभागिलाई झण्डै ३ सय जनाको निशुल्क मृगौलाको परिक्षणको व्यवस्था गरिएको क्लबले जनाएको छ ।