८ मंसिर २०८१, शनिबार

घुम्न आएका स्पेनी नागरिकले गरे सिमकोट बजार सरसफाइ

प्रकाशित मिति :  13 March, 2022 8:42 am


सिमकोट । एक विदेशी नागरिकले हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ गरेका छन्।

सिमकोट बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन्।

“यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ,” कार्लेसले भने । उनले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत गर्नुभएको गरेका थिए।

उनले तीन दिन लगाएर सरसफाइ गरेका हुन्। सफाइ गर्ने औजार पनि उन आफैँले किनेर ल्याएका थिए। तीनधारामा भने उनलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए ।

सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो । रासस



प्रतिक्रिया दिनुहोस !