८ मंसिर २०८१, शनिबार

भीरकोट नगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन

प्रकाशित मिति :  13 March, 2022 12:36 pm


स्याङ्जा । भीरकोट नगरपालिकाको प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भाग्योदय माध्यमिक विधालयका पूर्व प्रधानाध्यापक हरिप्रसाद खनाल मनोनीत भएका छन् । नगरपालिकामा आयोजित भीरकोट प्रज्ञा प्रतिष्ठान घोषण सभामा ७ सदस्यीय प्रज्ञा सभा गठन गरिएको हो ।

त्यसैगरि उपकुलपतिमा श्यामविक्रम खाँण, सदस्यहरूमा पोखरा भीरकोट सामिप्य सदनका अध्यक्ष श्याम प्रसाद रेग्मी,कवि एवं साहित्यकार कमल कोइराला, पब्लिक एकेडेमीका प्रधानाध्यापक देवकी रेग्मी र गुप्तबहादुर श्रेष्ठ मनोनीत भएका छन् । प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरिएको छ ।

कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्काको प्रमुख अतिथ्यतामा सम्पन्र भएको थियो ।त्यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठान पोखरा र भीरकोट नगरपालिकाको सहकार्यमा एकल लोक गीत प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई क्रमश नगद रू पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !