वालिङमा अभ्यास आदान प्रदान तथा मेलमिलाप सम्बन्धी तीनदिने तालिम सम्पन्न
स्याङ्जा । स्याङ्जाको वालिङमा अभ्यास आदान प्रदान तथा मेलमिलाप सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । वाालिङ नगरपालिकाको समन्वय, द एशिया फाउण्डेशन सहयोगी संस्था गण्डकी प्रदेशको सहयोग र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले अभ्यास आदान प्रदान तथा मेलमिलाप सम्बन्धी तीनदिने तालिम आयोजना गरेको हो ।
तालिमको सम्पन्र कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले स्थानिय सरकार बनेदेखि मेलमिलापको माध्यमबाट नागरिकहरुका धेरै समस्याहरु समाधान र मानिसक चिन्ता कम गर्न सफल भएको बताइन् ।
वालिङ नगरपालिकामा ११६ जना सुसूचिकृत मेलमिलाप कर्ता रहेको भन्दै उपप्रमुख तिवारीले हरेक वडा वडा तथा टोलहरुमा कर्ताहरुले स्थानीय दाजुभाई तथा दिदिबहिनीहरुको समस्या समाधान गर्न मद्दत पुगेको बताइन् ।
नगरपालिकाको न्ययिक समितिद्धारा गठित १४ वटै वडाका मेलमिलापकर्ता संयोजकहरुलाई अभ्यास आदान प्रदान तथा मेलमिलाप सम्बन्धी तीनदिने तालिम प्रदान गरिएको हो ।
साथै तालिममा नगर उप प्रमुख न्यायिक समितिका संयोजक कल्पना तिवारीको अध्यक्ष्तामा सम्पन्र कार्यक्रमको सन्च्ञालन द एशिया फाउण्डेशन सहयोगी संस्था स्याङ्जाका संयोजक दिवाकर थापाले गरेका थिए ।