सेवा प्रवाह र वित्तिय सुशासन विधामा स्याङ्जाका दुई नगरपालिका पुरस्कृत
प्रकाशित मिति : 13 March, 2022 5:45 pm
काठमाडौं । नेपाल नगरपालिका संघले आफ्नो २९ औँ साधारणसभाका अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ ।
संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा स्याङ्जा जिल्लाका दुई नगरपालिका वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएका थियो ।
पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।