अध्यात्म, पत्रकारिता र हिंसा
सञ्जय पन्थी । पत्रकारको जीवनमा अनेक संर्घष र चुनौतीको सामना गर्नु पर्दछ । कुशल पत्रकारले चुनौतीको सामना आफ्ना लागि भन्दा समाजका लागि धेरै गरेको हुन्छ । चुनौती बाहिरी र आन्तरिक दुवै किसिमका हुने गर्छन् ।
कम बेसीको मात्रा हो, तर सबै पत्रकारले कुनै न कुनै बेला सामना गर्नु परिरहेकै हुन्छ । यस्तै चुनौतीको सामना स्वयं मैले पनि गर्नु परेको छ ।
किनकि म पनि पत्रकार हुँ । समाज यही हो । सत्यलाई स्वीकार गरेर असत्यको मन्त्र जपी हिँड्नेको भीड ठूूलो छ । बाहिरी चुनौती वातावरण एवं परिस्थितिजन्य हुन्छन् । त्यस्ता चुनौतीको समाधान परिवारजन, मित्र मण्डली एवं आफन्तसँग प्राप्त गर्न सकिन्छ । तर आन्तरिक चुनौती यस्ता हुन्छन् ती चुनौती पत्रकार स्वयंले नै सामना गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा हतियार उसको चरित्र नै रहेको हुन्छ । त्यस्तैले पत्रकार र कारिता जगतले चरित्र बल निर्माण गर्न आवश्यक छ । तर अहिले भइरहेको ठू्लो हिस्सा बार्गनिङ्मात्र भइरहेको छ ।
जो पत्रकार आफूू सही रहँदा रहँदै कहिलेकाहीं अनेक उल्झनमा फस्नु परिररहेको हुन्छ । अनाहकमा घातक परिणाममा समेत पुग्नुपर्ने हुन्छ । त्यसैले पत्रकारले आफ्ना सूचना र चरित्रलाई सम्यक किसिमले सुरक्षित तवरबाट परिचालित गर्नुपर्ने हुन्छ । यस्ता सवालमा ध्यान दिन आचार संहिता जारी गरिएको हुन्छ । संहिता आफैँमा कागजको टुक्रो मान्नेका लागि अरु केले समाधान गर्ने ? तर यतिबेला त्यस्तै परम्परा र मान्यताले स्थान पाएको छ ।
त्यसको एउटा उदाहरण पत्रकार महासंघ कपिलवस्तुको बैठक र मिडिया अवार्ड वितरण कार्यक्रमलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ । त्यसपछि महासंघले कैयौं पत्रकार र पत्रकारिताका सवालमा आवाज उठाएको छ । महासचिवले विज्ञप्ति नै जारी गर्नु भएको छ । तर त्यही कपिलवस्तुको इस्यु उठाएका कारण मैले अनेक प्रताडना भोग्नु पर्यो र भोग्दै पनि छु । तर तपाईंलाई केही भएको छ, भन्ने जिज्ञासा महासचिव ज्यूसँग भेट हुँदा पनि भएन ।
मैले पाएका प्रताडना ती कतिपय व्यक्त गर्न योग्य छन् कतिपय अव्यक्त । व्यक्त गर्न पनि चाहन्न । पेसा र देश कसरी चलेको रहेछ भन्न बुझ्न मेरा लागि दर्पण बनेका छन् । ती अव्यक्त नै रहनेछन् । कलमलाई करतार बनाउन चाहन्न । त्यस्ता अव्यक्त अनुभवका शिकार यतिबेला वरिष्ठ अग्रजहरू पनि परेको जानकारीमा आएको छ । पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराई आदर्श मान्ने पत्रकार पनि यहाँ छन् र छौं । उक्त तथ्यलाई चटक्कै बिर्सिएर पत्रकारितालाई भीडको पेसा बनाउने जमात ठूूलो छ । पत्रकारिता यतिबेला भीडको पेसा बनेको छ ।
प्रेस स्वतन्त्रताका लागि ०४७ सालको संविधानमा आफ्नो जीवनका प्राप्तिलाई लगाएर राख्न जोडबल लगाउने मध्ये एक हुनुहुन्थ्यो गोपाल दास श्रेष्ठ । साथै अन्य अग्रज पनि । तर आज त्यो स्वतन्त्रता उपभोगको विषय गणतान्त्रिक युगमा आउँदा छद्म बन्न पुगेको छ । पत्रकार पत्रकारसँगै डराउनु पर्ने अवस्था छ । जसरी राजनीतिमा चप्पल पड्काउने सांसद मन्त्री भएपछि एकाएक हैसियतमा परिवर्तन आयो त्यसरी नै पत्रकारमा पनि कतिपयको हैसियत बिना नै अविश्वसनीय परिवर्तन आएको छ । ती सबै पक्षलाई एक निर्भिक एवं स्वतन्त्र पत्रकारले पचाएर पत्रकारिता गर्नु परेको छ ।
तर यी र यस्ता सवालमा कसले सोधखोज गर्ने ? समाधान कहाँबाट निकाल्ने ? जहाँ चरित्र नै बिक्री भएको छ भने पदमा बस्ने पदाधिकारीसँग कसरी यी सबै समस्या विसाउने ? यस्ता समस्या र सवालमा नत पत्रकारिता अध्ययनरत विद्यार्थीबाट सोधखोज भएको छ । न प्रेस काउन्सिलबाट कुनै सोधखोज भएको छ ।
पीडा पाउनेले पचाएर बस्नुपर्छ वा पेसाबाट हात धुनु परेको छ । यतिबेलाको हाम्रो पत्रकारिता सूसुुचित गर्नुभन्दा पनि अभियन्ताका शैलीमा अघि बढेको छ । पत्रकारको परिचयका अनेक धन्दा गर्नेहरूको बिगबिगी छ । आर्थिक पत्रकार समाज (सेजन)को अधिवेशनमा संस्थापक प्रतिक प्रधान दाजुले यस्ता सवालमा सचेतना गराउनु भएको थियो तर भीडको पेसा बनिसकेको अवस्थामा कतिले मनन् ग¥यौं ? कुन्नी ।
पेसामा निस्वार्थ रहँदा रहँदै प्रवृत्तिका बारेमा ध्यानाकर्षण गराउँदा पत्रकार महासंघको कपिलवस्तुको बैठकपछि मैले जति अरुले पीडा कमै पाउनु भयो होला ? पत्रकार सुबोध गौतमका शब्दमा यस्ता भीडको पत्रकारिताले पत्रकारिता गर्नेहरूलाई भन्दा नगर्नेलाई प्रोत्साहित गरेको अनुभव व्यक्त गर्नुभयो । उहाँ आफैमा यस्ता भीडबाट प्रताडित पत्रकार भएको सजिलै बुझ्न सकिन्छ । पेसागत पेसामा प्रताडितका लागि भारतमा करिब एक वर्षअघि भएको एक अध्ययन स्पिरिच्युल काउन्सिलिङ आँन स्ट्रेस एण्ड एडजस्टमेन्ट भनेर गरेको रहेछ ।
अध्ययनले मोरल डिग्निटी (नैतिक सम्मन) मा आएको हस नै निष्ठावानलाई प्रताडनाको एक कारण रहेको उल्लेख गरेको छ । त्यसरी प्रभावित वा प्रताडितहरूका लागि २० देखि ४५ दिनको आध्यात्मिक परामर्श चिकित्सा प्रदान गरिएको र त्यसले स्ट्रेसबाट बाहिर आएको उल्लेख गरेको छ । त्यस्तो बेला हामीले अपनाउने अध्यात्म चिकित्सा भनेको ज्ञान, ध्यान, योग वा राजयोग नै हो ।
बेला बखत ओम शान्तिले पत्रकारका लागि यस्ता शिविर पनि आयोजना गरेको हुन्छ, जहाँ पत्रकारलाई पनि सहभागी गराएको हुन्छ । तर नेपालको छाता संगठन प्रेस काउन्सिलले ती र त्यस्ता कुरामा ध्यान दिनसकेको छ, न पत्रकारहरूको छाता संगठन पत्रकार महासंघले नै ध्यान दिन सकेको छ ? त्यसको सट्टा मदिरासहितका पार्टीलाई ध्यान दिँदै आएको छ ।
त्यस्को पछिल्लो उदाहरण हो, बुद्धको पावन नगरी कपिलवस्तुमा महासंघले मदिरा मागेरै भए पनि बैठक सम्पन्न पर्यो । जहाँ स्ट्रेस म्यानेजमेन्ट कक्षा चलाउन सकेको भए कपिलवस्तुु बैठकको छुट्टै सन्देश प्रवाह गर्न सक्थ्यो । तर हुन गयो अर्कै । कपिलवस्तुको नागरिक र कपिलवस्तुकै महासंघको सदस्य भएकाले महासंघ उक्त कर्मबाट आफै लज्जित हुन पुगेको छु ।
आफै लज्जित भइरहेको बेला स्वयं मैले आध्यात्मिक मनोचिकित्साको परामर्श लिइरहेको छु । त्यो पनि अनलाइनबाट । त्यसले मलाई धेरै रिलिफ गराएको छ ।
मेरा लागि तनावको कारण, पत्रकार महासंघको केन्द्रीय बैठकमा बुद्ध नगरीमा मदिराको डिमाण्ड गरेर पेसालाई नै बदनाम गराउनु थियो । सबैले उक्त बैठकलाई वाहवाह गरे पनि मेरा लागि लज्जाको विषय बन्यो । त्यसपछि रियाक्सनका रूपमा अनेक विधि अपनाइए, रियाक्सन आफैमा हिंसा थियो ।
म अहिंसाको विद्यार्थी हिंसाको शिकार भइरहें । उक्त हिंसा अप्रत्यक्ष हिंसा थियो । पर्दा पछाडिका पात्रले मलाई रियाक्सन गराइरहँदा आन्नद त लिइरहनु भए होला तर परिणाम समाजमा हिंसा स्थापित भइहेको थियो । त्यसो त नेपाली समाजमा हिंसा फैलाएर नेता वा अभिनेता बन्नु यतिबेला सामान्य भएको छ । तर मेरा लागि नेपाल शान्ति प्रिय देश भनिए पनि हिंसाले प्रश्रय पाइरहेको छ । त्यही हिंसाबाट मजस्तो अहिंसामा विश्वास राख्ने व्यक्ति प्रताडित छु भने अरु सामान्य नागरिकको के अवस्था होला ?
पत्रकार जगतले हिंसा र अहिंसाका तथ्य मात्र मनन् गर्नसके नेपालमा बढ्दो हिंसा कम हुन्थ्यो कि ? सत्यम्, सेवम् सुरक्षणम्को कसम खाएको सुरक्षा निकायका लागि पनि तनाव कम हुन्थ्यो कि ? पत्रकार र पत्रकार महासंघले त्यसतर्फ पनि सोच्ने कि ? हिंसाले कसैको भलो गर्दैन । अहिंसाले कसैको कुभलो गर्दैन । हिंसा र अहिंसाबीचको फरक यत्ति हो । समाजमा हिंसा मच्चाएर स्थापित हुन चाहने वा अहिंसामा विश्वास गरेर कर्तव्यवान नागरिक हुने त्यो जिम्मा हामी नागरिक र पत्रकारको ।