११ मंसिर २०८१, मंगलबार

आइपीओ निष्काशन गर्न अनुमति माग्दै मुक्तिनाथ कृषि कम्पनी

प्रकाशित मिति :  14 March, 2022 1:23 pm


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशनका लागि फागुन २० गते बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

आईपीओ जारी गर्न मुक्तिनाथ कृषि कम्पनीले रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट साख मूल्याङ्कन समेत गराइसकेको छ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त संस्था कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !