ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि सेयर कारोबार रोक्का
प्रकाशित मिति : 14 March, 2022 2:46 pm
काठमाडौं । टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार रोकेको छ। ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले एक सूचना जारी गर्दै टीएमएसमा आएको समस्या कारण सेयर कारोबार केही समयका लागि स्थगित गरिएको जनाएको छ। नेप्सेले समस्या समाधान भएपछि कारोबार सुचारु गरिने जनाएको छ। नेप्सेका अनुसार अहिले ३० वटाभन्दा ब्रोकरको टीएमएसमा समस्या देखिएको छ।
बजार खुलेको १ घन्टा बित्न नपाउँदै टीएमएसमा समस्या आएको थियो। जसका कारण थुप्रै लगानीकर्ता कारोबार गर्नबाट वञ्चित भएका थिए।