४ आश्विन २०८१, शुक्रबार

वालिङमा आधुनिक मौरीपालन सम्बन्धी चार दिने तालिम सम्पन

प्रकाशित मिति :  14 March, 2022 4:50 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा आधुनिक मौरीपालन सम्बन्धी कृषकस्तरीय चार दिने तालिम सम्पन्र भएको छ । व्यवसायिक किट विकास केन्द्र बन्दिपुर तनुहँको आयोजनमा कृषि विकास स्रोत केन्द्र खहरेमा तालिम सम्पन्र भएको हो ।

तालिम समापनमा कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदिप रेग्मीले सिकेको सिपलाई व्यवहारमा उर्तान र व्यवसायिक रुपमा अगाडि बढ्न सहभागिहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागि नारायणप्रसाद अर्याल ,जिवन सुनार र सरस्वति रेग्मीले आ आफ्ना अनुभव व्यक्त गरेर किसानलाई प्रोसान गरेका थिए ।

तालिमको सहजीकरण मौरी पालक महासंघ गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद लामिछानेले सहजीकरण गरेका थिए । साथै तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !