५ आश्विन २०८१, शनिबार

पशु सेवा विभागको महानिर्देशकमा तिवारी

प्रकाशित मिति :  14 March, 2022 11:30 pm


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागको महानिर्देशकमा डा. राम नन्दन तिवारी नियुक्त भएका छन् ।

गत माघ १० गते डा. दमयन्ती श्रेष्ठ उमेर हदका कारण अनिवार्य अवकाश पछि महानिर्देशकविहीन बनेको विभागमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै तिवारीलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेश नं. १ कृषि मन्त्रालयमा सचिव रहेका तिवारीसँग पशु सेवा विभागको उप–महानिर्देशकको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस !