१७ माघ २०८१, बिहिबार

साउदी अरबका राजकुमारले आज उच्चस्तरीय राजनितिक भेटवार्ता गर्दै

प्रकाशित मिति :  15 March, 2022 9:23 am


काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्चस्तरीय राजनितिक भेटवार्ता गर्दैछन् ।

हिजो बेलुकी नेपाल आएका उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न कार्यक्रम रहेको छ ।

उनले आजै बिहान १० बजे परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल २३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै निजी विमानमार्फत् फागुन ३० गते बेलुकी नेपाल आएकाको हो ।उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले नेपाल सरकारको तर्फबाट दिवा भोज आयोजना गरेका छन् । दिवा भोजमा सरिक भएर उनी आजै अपराह्र स्वदेश फर्किने कार्यक्रम रहेको छ । ।



प्रतिक्रिया दिनुहोस !