स्याङ्जाको वालिङलाई सुर्तीजन्य पदार्थ रहित नगर बनाउने प्रतिबद्धता
स्याङ्जा । स्याङ्जाका वालिङ नगरपालिकाले सुर्तीजनय पदार्थको नियमन तथा नियन्त्रणकालागि दश बुँदे प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले दश बुँदे प्रतिबद्धता जारी गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिप प्रताप खाँणले सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनकालागि ब्यापकरुपमा अभियान सञ्चालन गर्ने र नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको बताए ।
साथै नगरका सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थ र यसको लत छुटाउन सञ्चार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने ब्यवस्था मिलाउने, थप अध्ययन तथा अनुसन्धान गर्दै जाने खाँणले बताए ।