११ मंसिर २०८१, मंगलबार

शिखर इन्स्योरेन्सको हकप्रद सेयरमा आजदेखि आवेदन खुला

प्रकाशित मिति :  15 March, 2022 2:28 pm


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड आज हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले आज (चैत १ गते मंगलबार) देखि ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले १०ः३ को अनुपातमा १०० रुपैयाँ अंकित दरका ५२ लाख ७५ हजार ५७२ कत्ता हकप्रद बिक्री खुला गरेको हो ।
हकप्रदमा माघ २० गतेसम्म नेप्सेमा सेयर कारोबार भइ रहेका इन्स्योरेन्सका लगानकिर्ताहरुले मात्र आवेदन दिन पाउनेछन् भने उक्त हकप्रदमा आवेदन दिने अन्तिम मिती चैत्र २१ गते रहेको छ ।

लगानीकर्ताले उक्त हकप्रद मेरो सेयर मोबाइल एप, वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ए’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !