११ मंसिर २०८१, मंगलबार

नेप्से १७ अंकले घट्दा नेपाल टेलिकमको सेयर मूल्य ५ प्रतिशतले घट्यो

प्रकाशित मिति :  15 March, 2022 5:02 pm



काठमाडौं । सेयर बजार आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ को अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ७.२६ अंकले घटेर ५०२.५९ को अंकमा पुगेको थियो ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । आज टेलिकमको ३४ करोड २३ लाख ५७ हजार एक सय ९४ रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आजको दिन इमर्जीङ नेपाल लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै मुनाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय २९ रूपैयाँ ७० पैसा पुगेको छ ।

आज नेपाल टेलिकमका सेयधनीले सबैभन्दा धरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य आज ५.१३ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !