स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा स्वास्थ्यचौकी उद्धघाटन
स्याङजा । स्याङजाको अर्जुनचौपारी गाउँपालिका १ मजुवामा स्वास्थ्यचौकीको उद्धघाटन भएको छ ।
सहरी विकास तथा भवन निर्माण कार्यलय पोखाराको पहलमा भवन निर्माण गरेको हो ।२०७४ सालमा गजिन्द्र निर्माण सेवाले एक करोड ६९ लाख २१८ रुपियाँमा सम्झौता गर्दै २ वर्षमा निर्माण सक्ने भनिएकोमा कोभिडका कारण काम रोकिएको थियो ।
गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले सुविधासहितको स्वास्थ्य चौकी निर्माण सगै सेवाग्राहीलाई उपचारको लागि स्याङ्जा, हेलु, बयरघारी पोखरा जानुपर्ने बाध्यता हटेको र स्थानीय डिलकुमारी खत्री र भिमकुमारी खत्रीले पाँच रोपनी जग्गा दिएसँगै स्वास्थ्य चौकी निर्माणको लागि सहज भएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
उनले थपे , “निर्माण भएको भवन दुई तले रहेको र स्वास्थ्य चौकीमा बार्थिङ सेन्टर , सुरक्षित गर्भपतन सेवा प्रदान हुदैँ आएको बताएका छन् ’’ । साथै २०५४ सालबाट स्वास्थ्यचौकी भाडामा संचालित हुदैँ आएको थियो