नागरिक बचतपत्रमा आजदेखि आवेदन खुला
प्रकाशित मिति : 15 March, 2022 5:31 pm
काठमाडौं । राष्ट्र बैंकले आजदेखि नागरिक बचतपत्र (सरकारी ऋणपत्र)मा आवेदन खुला गरेको छ । बैंकले सरकारको २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ ‘क’ आज चैत १ गतेबाट आवेदन खुला गरिएको छ ।
नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ । यो बचतपत्रको बिक्री खुला भने आज चैत १ गतेदेखि २० गतेसम्म गरिनेछ ।
पाँचवर्षे यो बचतपत्रको साँवा भुक्तानी २०८३ चैत ३० गते गरिनेछ । यो बचतपत्रमा १० प्रतिशत ब्याज (ब्याजकर लाग्ने) पाइनेछ । ६ महिनाको अन्तरमा ब्याजको भुक्तानी गरिनेछ ।
नागरिक बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा गर्नुपर्नेछ ।