८ मंसिर २०८१, शनिबार

स्याङ्जाको फेदीखोला गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास

प्रकाशित मिति :  15 March, 2022 6:16 pm


स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा अस्पताल संचालनमा आउने भएको छ। गाउँपालिकाले जनताको समस्यालाई मध्यनजर गर्दौ १५ शौयाको अस्पताल संचालनमा ल्याउने भएकोे हो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य पृथ्वीसुब्बा गुरुङ्ले फेदीखोला गाउँपालिका वडा न. १ स्थित सर्केटारीमा झण्डै १३ करोड लागतमा निर्माणको चरणमा रहेको उक्त १५ शैया अस्पतालको शिलान्यास गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले, कम्युनिष्टको सरकार हुँदा नै ‘एक पालिका, एक आधारभूत अस्पताल निर्माणको अभियान सुरु गरेका र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जनताको सहज पहुँच पुर्याउनु पर्दछ, भन्ने अवधारणा सहित सुरु गरेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले यो अस्पताल सम्पन्न भएर संचालन हुँदै गर्दा फेदीखोलाका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउने रअब विभिन्न प्रकृतिका रोगहरुको २ वर्ष भित्र पालिकामा नै परिक्षण एवं सफल उपचार गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !