११ कार्तिक २०८१, आइतबार

स्याङ्जाको विरुवामा चैत ४ गतेदेखि सांस्कृतिक मेला हुने

प्रकाशित मिति :  16 March, 2022 2:47 pm


स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकामा १५ औँ बिरुवा बजार मेला २०७८ हुने भएको छ । समाज कल्याण आमा समूह , विरुवा उद्योग वाणिज्य संघ र बालकन्या युवा क्लब , बिरुवा व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ गतेदेखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो ।

मेलाका आर्कषणहरु महिला , पुरुष भलिबल प्रतियोगिता , कृषि मेला , बालउद्यान–मेला, सांस्कृतिक कार्यक्रम–मेला अवधिभर मनोरञ्जन प्रदान गर्नका लागि विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने र लोकदोहोरी, हाँस्यव्यङ्ग्य र नृत्यप्रस्तुति लगायतका कार्यक्रम गरेर मेला सम्पन्र गर्ने गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए ।

भलिबल प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय र सन्त्वना हुने टिमले क्रमश ७० ,४०, २० र १० हजार नगद शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । साथै भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कूल दमौली, नव साधना कला केन्द्र पोखरा, स्थानीय आमा समूहहरुको नृत्य, रत्यौली, सोरठी, सालैजो, यानीमाया, सुनीमाया लगायत लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु पनि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !