८ मंसिर २०८१, शनिबार

भीरकोट होली विशेष फुटबल प्रतियोगितामा मर्दीखोला युनाइटेड क्लब विजयी

प्रकाशित मिति :  18 March, 2022 12:39 pm


स्याङ्जा । होली पर्वको अवसरमा निर्माणाधिन भीरकोट खेलमैदानमा फुटबल प्रतियोगिता सम्पन्र भएको छ । होली पर्वको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगितामा मर्दीखोला युनाइटेड क्लब, पर्वत विजयी भएको हो ।

बयरघारी फुटबल एकेडेमी स्याङ्जा र मर्दीखोला युनाइटेड क्लब, पर्वतबीच भएको सेभेन ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिताका तीन वटै खेलमा मर्दीखोला युनाइटेड क्लब विजयी भएको हो ।

टिम ए बीचको पहिलो खेल बराबरीमा टुङ्गीए पनि ट्राइबेकरमा मर्दीखोला युनाइटेडले बयरघारी फुटबल एकेडेमीलाई २:१ गोलेले पराजित गरेको थियो । यसैगरी टिम बी बीच भएको दोस्रो खेलमा पनि मार्दीखोला युनाइटेडले बयरघारी फुटबल एकेडेमीलाई २:० ले पराजित गरेको छ। सि टिम बीच भएको अर्को मैत्रीपूर्ण खेलको नतिजा पनि मर्दीखोला युनाइटेडकै पोल्टामा परेको छ । तेस्रो खेलमा मर्दीखोला युनाइटेड १:० ले विजयी भएको हो ।

पुरस्कार वितरण समारोमा बोल्दै नगरप्रमुख छायाराम खनालले खेलकुदको विकास र भीरकोट खेलमैदानको स्तरोन्नतिमा नगरपालिकाले सक्दो प्रयास गर्ने र खेलकुदको विकासका लागि खेलाडीहरू र क्लबहरूसँग नगरपालिका सहकार्य गर्न सदैव तयार रहेको बताए । उनले सफलतापूर्वक मैत्रीपूर्ण खेल सम्पन्न गरेकोमा बयरघारी फुटबल एकेडेमीलाई नगद रू ५० हजार प्रोत्साहन रकम दिने घोषणा गरेका थिए ।

साथै फुटबल प्रतियोगिता कार्यक्रममा बयरघारी फुटबल एकेडेमीका अध्यक्ष राजकुमार गुरुङ, नगर उपप्रमुख सिमा केसी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, नेपाली काङ्ग्रेस भीरकोट नगर सभापती यामप्रसाद अधिकारी, लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !