कांग्रेसका पूर्व सांसद खगेन्द्र राज रेग्मीको “मेरो जीवनयात्रा यातना र पीडाको कथा ’’बिमाेचन
स्याङ्जा । भीरकोट नगरपालिकामा नेपाली कांग्रेस पार्टी भीरकोट नगर कार्यसमिति द्धारा आयोजित होली मिलन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्र भएको छ ।
होली पर्वको अवसर पारेर भीरकोट वडा नम्बर ४ मा रहेको पार्कमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमोचन कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद नेता खगेन्द्र राज रेग्मीको “मेरो जीवनयात्रा यातना र पीडाको कथा ’’नामक पुस्तक नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा द्धारा बिमोचित गरिएको थियो । ।
कार्यक्रममा जिल्ला सभापति राजु थापाले रेग्मीको जीवन निकै दुख र कष्टका साथ बितेको र उनको जीवनकथाबाट कांग्रेसका व्यक्तिहरुले धेरै कुरा सिक्न आवश्यक रहेको बताए । साथै ‘अगामी निर्वाचनमा कांग्रेसमा गुट उपगुटको आरोप नलगाई मिलेर निर्वाचनको तयारीमा लाग्न आग्रह गदर्छु’ उनले थपे ।
साथै कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले खगेन्द्र राज रेग्मीको २०० जति पुस्तक नगरपालिकाले किनेर विभिन्र संघसस्थामा वितरण गर्ने बताए ।
त्यसैगरि कार्यक्रममा नगर सभापति लक्ष्मण अधिकारी , भीरकोट वडा नम्बर १ अध्यक्ष दिपेन्द्र केसी ,नगरउपप्रमुख सिमा कर्मचार्य , भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला लगायत अन्य समाजसेवि व्यक्तिहरुको उपस्थिति रहेको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष रुद्र ढुङ्गनाले बताए ।