११ मंसिर २०८१, मंगलबार

वालिङमा होमस्टे विकास पूर्वधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्र

प्रकाशित मिति :  20 March, 2022 1:17 pm


स्याङ्जा । वालिङ नगरपालिकाको सामाजिक विकास समितिको आयोजनामा होमस्टे विकास पूर्वाधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले होमिस्टेमा अर्गानिक उत्पादनहरु नै होमिस्टेको विशेषता रहेकाले उत्पादनमा जोड दिनुपर्ने र होमिस्टेको विकास गर्न सकियो भने पर्यटनको विकास हुने भन्दै योजनावद्ध तरिकाले अगाडि बढ्न आवश्यक रहेको बताए ।

प्रमुख खांणले होमिस्टे सञ्चालन गर्दा आम्दानी आउने विषयमा खर्च गर्न आग्रह गर्दै होमिस्टे चलाउँदा घाटा हुन्छ भने नचलाउन सुझाव समेत दिएका थिए ।

योजनाहरु निर्माण गर्दा दिर्घकालिन योजना बनाउन आवश्यक रहेको भन्दै प्राविधिक ज्ञान पनि आवश्यक रहेको बताए । साथै कार्यक्रममा लेखा अधिकृत ज्ञानप्रसाद अर्याल, उपप्रमुख कल्पना तिवारी लगायत ११ होमिस्टेका प्रमुखहरुको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !