११ मंसिर २०८१, मंगलबार

भीरकोट साना किसान सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्र

प्रकाशित मिति :  20 March, 2022 2:21 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले पहिलो साधारणसभा सम्पन्र गरेको छ । उक्त साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले विकास निर्माण कार्यमा राजनिति भन्दा माथि उठेर रचनात्मक सहयोग गर्नुपर्ने तथा प्रदेश सरकारले पारेका योजनाहरु पूरा हुनुपर्ने कुरामा जोड दिनुका साथै सहकारी विकासमा डटेर अघि बढ्न हौसाल प्रदान गरेका थिए ।

यस्तै नगरप्रमुख छायाराम खनालले सहकारी विकासका लागि आफू र नगरपालिका सदैव तयार रहेको भन्दै सहकारीलाई राजतनैतिक रंग नदिई साझा संस्था बनाएर अघि बढ्ने धारण राखेका थिए । त्यसैगरि एक घर एक सहकारी प्रवद्र्धनका निमित्त नगरपालिकाले विपन्र परिवारलाई एक हजार रुपैयाँ बराबरको शेयर नगरपालिकाले प्रदान गरिदिने उनले बताएका थिए ।

त्यसैगरि सहकारी संस्थाका अध्यक्ष विशवनाथ अर्यालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा सहकारीले गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै अगामी आर्थिक वर्षमा २००० शोयर सदस्य पुर्याउने र सम्पूर्ण कारोबार कम्प्युटर मार्फत गराउने ,अनुदान कार्यक्रम सन्चालन गराउने , कृषकलाई सहुलियत दरमा ऋिण उपलब्ध गराउने लगायतका योजना प्रस्तुत गरेका थिए ।

भीरकोट सहकारीले किसानलाई उत्पाादनलाई जोड दिन साग ,घिरौँला ,सिमी लौका जस्ता अन्य बीउ समेत उपलब्ध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !