वालिङ नगरपालिकामा स्थानिय जुटे पदमार्ग निर्माण गर्न
स्याङ्जा । स्याङ्जाको वालिङका स्थानियहरु पदमाार्ग निमार्णमा जुटेका छन् । वालिङ नगरपालिका वडा नम्बर ९ का नागरिकहरुले पर्यटकीय स्थल बाहुनथानसम्म जानका लागि पदमार्ग निर्माणमा जुटेका हुन् ।
पर्यटकीय क्षेत्र बाहुनथानसम्म पुग्रका लागि गा्रमिण सडकको सुविधाका साथै बजारको दृष्य अवलोकन सहित पैदल जानेहरुका लागि पदमार्ग थप सुविधायुक्त हुने वडा नम्बर ९ का वडाअध्यक्ष दिपक श्रेठले बताए ।
प्रधानमन्त्री स्वरोजगार अन्तर्गतको तीन महिने कार्यक्रमबाट ८ लाखको बजेटमा सिढी समेतको पदमार्ग बन्र लागेको हो । ८ लाख बजेट भएपनि स्थानीयहरुले आफ्नो खुशीले उपस्थिति भएर श्रमदानमा पदमार्ग बनाएका र स्वास्थ्यका हिसावले पनि पैदल हिड्नु लाभदायक हुनुका साथै वालिङ नगरबासीहरुलाई विहानको हिँडाईका लागि उत्तम हुने हिसावले पनि पदमार्ग बनाउन लागेको अध्यक्ष श्रेष्ठले बताए ।
साथै पदमार्ग निर्माणका लागि अहिले दैनिक करिव सयको संख्यामा स्थानीयहरु ढुुङ्गा ,गिटी र बालुवा बोक्नका लागि उत्साहका साथ जुटिरहेका छन् ।