११ मंसिर २०८१, मंगलबार

छायाँदेवि कम्प्लेक्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

प्रकाशित मिति :  21 March, 2022 1:17 pm


काठमाडौं । छायाँदेवि कम्प्लेक्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको हो ।

छायाँ देवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतामा छायाँ देवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले आइतवार हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

छायाँ देवी कम्पलेक्सको करीब ३ लाख ५० हजार वर्ग फिटभन्दा धेरै निर्माण क्षेत्र रहेको छ । जस अन्तर्गत २०० ओटा विभिन्न अन्तरराष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तरराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल ’दि एलोफ्ट’ सञ्चालन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !