४ आश्विन २०८१, शुक्रबार

फ्लोरिकल्चर एशोसिएसन नेपालले फ्लोरा एक्स्पो गर्दै

प्रकाशित मिति :  21 March, 2022 2:18 pm


काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले २३ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । एसोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना, पुष्प विकास केन्द्रको सह–आयोजना, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा एक्स्पो हुन लागेको हो ।

उक्त एक्स्पो चैत्र १० देखि १३ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा हुन लागेको संयोजक शिव बहादुर खड्काले बताए ।

यस मेला प्रदर्शनीबाट पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा लिएको आयोजकले जनाइएको छ ।

“फ्लोरिकल्चर एशोसिएसन नेपालले वि.सं. २०५१ सालबाट नै पुष्प प्रदर्शनी तथा व्यापार मेला संचालन गर्दै आईरहेको तर कोभिडका कारण दुई वर्ष देखि मेला प्रर्दशनी हुन नसकेकोले यस वर्ष देखि पुनः पुष्प मेला प्रदर्शनीलाई निरन्तरता दिन्छौं,” खड्काले भने ।

मेलामा मौसमी फूल, आलकारीक बोट विरुवा, कट फलावर, ड्राइफ्लावर सुनाखरी कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी, आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री लागि राखिने उनले बताए ।

यस मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संस्थाहरुको सहभागिता रहने छ ।

यस २३ औ फ्लोरा एक्स्पोमा अफिसियल स्टल ४ वटा प्रतियोगितात्मक प्रदर्शनी स्टलबार व्यवसायिक स्टलका लागि ५६ वटा सहित ६२ वटा स्टल रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !