स्याङ्जामा नेपाली कांग्रेसले खटायो ९७ वडामा प्रतिनिधि
स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेसले घरघर जाऔँ , कांग्रेस जिताऔँ अभियान अन्तर्गत जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसामिति स्याङ्जाले स्याङ्जा जिल्ला अन्तर्गतका ९७ वटै वडाहरुमा एक जना संयोजकसहित ५ जना प्रतिनिधि खटाएको हो । त्यसैगरि उक्त संयोजकहरु सहितको टोलिले वडा वडामा गएर कम्यिुनिष्ट सरकारले विगतमा गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने र एमसीसीका बारेमा जनतामा रहेको भ्रम हटाउन र प्रशिक्षण कार्यक्रमहरु सन्चाालन गर्ने जिल्ला सभापति राजु थापाले बताए ।
त्यसैगरि थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा जनतालाई एक जुट बनाउनका लागि कार्यक्रमहरु समेत सन्चालन गर्न जानकारी दिए । टोलीमा जिल्ला कार्यसमितिका सदस्य , महाधिवेशन प्रतिनिधि ,महासमिति सदस्य , प्रदेश महाधिवेशन प्रतिनिधि तथा जिल्ला सक्रिय नेताहरु समेटिएका छन् । वडा वडामा खटाइएका ९७ वडा संयोजकहरुलाई केन्द्रिय सदस्य प्रदिप पौडेलले पुतलीबजारमा रहेको पार्टीकार्यलयमा अभिमुखीकरण तालिम समेत दिएका थिए ।
साथै वडा तहमा खटिएका प्रतिनिधिहरुलाई टिकट वितरण बाहेक सम्पूर्ण अधिकार दिइएको भीरकोट नगरसभापति लक्ष्मण अधिकारीले बताए ।