वालिङमा ट्रयाक्टरको पछाडी अनिवार्य रुपमा रिफ्ल्याक्ट लाइट राख्र आग्रह
प्रकाशित मिति : 22 March, 2022 1:06 pm
स्याङ्जा । स्याङ्जाको वाालिङ नगरपालिकामा ट्रयाक्टरको पछाडी अनिवार्य रुपमा रिफ्ल्याक्ट लाइट राख्र वालिङ ट्राफिक कार्यलयले अनुरोध गरेको छ । वालिङ बजार क्षेत्रमा ट्रयाक्टरको संख्या बढ्दै गएको र यसबाट हुने सवारी दुर्घटना कम गर्न वालिङ ट्राफिक कार्यलयले टयाक्टरहरुलाई अनिवार्य रिफ्ल्याक्ट लाइट राख्र सवारी धनी तथा चालकलाई अनुरोध गरेको छ ।
अन्य बाकी सवारी साधानहरुमा जस्तो ब्रेक लगाउदा ब्रेक लाइट नदेखिने भएकाले ट्रयाकटरको पछाडी रिफ्ल्याक्ट लाइट राखी सवारी दुर्घटना कम गर्न यस्तो नियम लागू गरेको वालिङका ट्राफिक प्रहरी प्रमुख कुल हरिजनले बताए ।
साथै पछिल्लो समय ट्रयाक्टर दुर्घटना बढ्दै गएकाले दर्घटना न्युनिकरणमा सघाउ पुर्याउन यस्तो नियम लागू गर्न लगाएको प्रमुख हरिजनले बताएका छन् ।