नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?
प्रकाशित मिति : 22 March, 2022 1:40 pm
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ११.५७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँको ११.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने १३ करोेड ६६ लाख ५७ हजार २४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार ४८६ रुपैयाँबराबरको नगद लाभांश छन्।
कम्पनीको प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने जनाइएको छ ।