११ मंसिर २०८१, मंगलबार

वालिङमा प्रहरी र पत्रकार विच अन्तरक्रिया कार्यक्रम सम्पन्र

प्रकाशित मिति :  22 March, 2022 2:11 pm


स्याङ्जा ।स्याङ्जा जिल्लाको वाालिङमा पत्रकार र नयाँ कार्यलय प्रमुख डिएसपी ढकेन्द्र खतिवडा विच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्र भएको छ । वडा प्रहरी कार्यलय वालिङमा पदभार ग्रहण गर्दै प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले अपराध नियन्त्रण र शान्ति कायमको निमित्त पत्रकारहरु सँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन् ।

पत्रकारहरु सँग कुरा गर्दै डिएसपी खतिवडाले सत्य सूचना प्रवाह गर्न र समाजमा न्यायको अनुभूति गर्न नपाएकाहरुलाई न्याय दिलाउन कुनै कसर बाकीँ नराख्रे प्रतिबद्धता जनाएका थिए । २०६१ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा सुरु गरेका खतिवडा ६ वर्ष अघि प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए ।

यसअघि भने जिल्ला प्रहरी कार्यलय सल्यान तथा इलाका प्रहरी कार्यलय धरानमा काम गरेका थिए । साथै उक्त परिचयात्मक कार्यक्रममा प्रेस चौतारी स्याङ्जाका सुशील सुवेदीले सिर्दाथ राजमार्ग लागूऔषधी तस्करको मुल बाटो बन्दै गएकाले यसमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

त्यसैगरि वालिङ जस्तो व्यापारीक केन्द्रमा डिएसपी नै कार्यलय प्रमुखको रुपमा पाउँदा आफूहरु खुशी भएको पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रेले बताए ।

साथै कार्यक्रममा पत्रकार महासंघ स्याङ्जा र प्रेस चौतारी स्याङ्जामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको प्रेस चौतारीका उपाध्यक्ष जीवन अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !