४ आश्विन २०८१, शुक्रबार

नेप्से परिसूचक १२ अंकले बढ्यो

प्रकाशित मिति :  22 March, 2022 5:22 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४९८.३६ मा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

आज नेप्सेमा प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको संस्थापक समूहको १५ करोड ३३ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ३.६६ प्रतिशतले घटेको छ ।

कूल २३५ वटा कम्पनीको ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !