४ आश्विन २०८१, शुक्रबार

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट पायो अनुमति

प्रकाशित मिति :  23 March, 2022 12:34 pm


काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्न नेपाल फाइनान्स कम्पनी लिमिटेडलाई अनुमति दिएको छ ।

बोर्डले हिजो चैत्र ८ गते मंगलबार कम्पनीलाई कु्ल चुक्त पुँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति पाएको छ ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल फाइनान्स कम्पनीको भदौ २६ गते शनिबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले कार्तिक १ गते नियामक निकाय धितोपत्र बोर्डसँग हकप्रदको अनुमति माग्दै निवेदन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !