४ आश्विन २०८१, शुक्रबार

चितवनमा आजदेखि ५औँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मेला सुरु

प्रकाशित मिति :  23 March, 2022 2:29 pm



चितवन । चितवनमा आजदेखि ५औँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मेला (शलोम एग्रीमेच) सुरु भएको छ ।

कार्यक्रम बुधबारदेखि कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा चितवन एक्स्पो सेन्टरमा सुरु भएको हो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले कृषि क्षेत्रमा आधुनिकीकरणमा होमिन तीनै तहका सरकार लाग्नुपर्ने बताए ।

यसमा राजनीतिक दलहरुले पनि साथ र सहयोग गर्नुपर्ने सुझाव दिदै उनले भने, ‘मेहनरी कृषकहरुको योगदानले दूध, मासुमा आत्मनिर्भरको बाटोमा पुगेको छ । तरकारी उत्पादन बढेको छ ।’

खाद्यन्न आयातमा देखिएको बृद्धि चिन्ताजनक भएको बताउदै उनले भने, ‘थपिएको चुनौतिलाई मथ्थर गर्न युवाहरुलाई आकर्षण गर्न जरुरी छ । कृषिबाट पनि कमाउन सकिन्छ भन्ने कुरामा विश्वास लिाउन सक्नुपर्छ ।’

उनले कृषिलाई सम्मानित बनाउन यान्त्रिकरणमा ध्यान दिनुपर्ने वताउदै उनले कृषि कर्जा, यान्त्रिकरणमा पहुँचतर्फ पनि विस्तारै ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपालस्थित इजरायली राजदूत खनान गोदार, कृषि विकास निर्देशनालका महानिर्देशक रेवतीरमण पौडेल, बैंकर्स संघका अध्यक्ष तथा कृषि बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल उपाध्याय, नविल बैंकका प्रमुख कार्याकारी प्रमुख अनिलकेशरी शाह लगायतले शुभकामना दिएका थिए ।

नेपालस्थित इजरायली राजदूत खनान गोदारले इजरायलमामा मात्रै नभएर विश्वका धेरै देशहरुमा कृषि गर्नेको संख्या घटाउनु पर्ने बताए । कृषिलाई विस्तारै आधुनिकीकरण गरिदै लैजानुपर्ने वताउदै उनले भने, ‘कृषिमा २ प्रतिशतले कृषि गर्दा पनि आत्म

कृषि विकास निर्देशनालका महानिर्देशक रेवतीरमण पौडेलले नेपालमा हामीले कहिलेसम्म यन्त्र उपकरण आयात गर्ने भन्दै प्रश्न गरेका थिए । अव नेपालमै कृषि मेशिनरी औजारहरु नेपालमै उत्पादन गर्नुपर्ने मात्रै नभएर सहयोग गर्नेबारे पनि सोच्नुपर्ने उनले वताए ।

उनले कसैले नेपालमै यन्त्र उपकरणमा उद्योग खोल्न चाहन्छ भने हामीले त्यसलाई सहयोग गर्नुपर्ने सिफारिस समेत गरे । विदेशबाट कपी गरेर ल्याउदा हाम्रो भूगोल र माटो सुहाउदो छ कि छैन् हेर्नुपर्छ पौडेलले भने आजको यो प्रदर्शनीले कृषिमा लागेका हामी तमामले उपयोगी यन्त्र छनोट गर्न सकोस भन्ने अपेक्षा लिएको छु ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माको प्रमुख आतिथ्यमा भएको पाँचौ शलोम एग्रीमेच यही चैत्र १२ गते सम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !