११ मंसिर २०८१, मंगलबार

नेप्से २० अंकले घट्दा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार

प्रकाशित मिति :  23 March, 2022 3:59 pm


काठमाडौं । साताको चौथो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.२२ अंकले घटेर ४९५.११ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर घटेको छ । बाँकी २ वटा उपसमूहको सेयर बढेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ८ करोड ४१ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य१० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.५८ प्रतिशतले घटेको छ ।

कूल २२६ वटा कम्पनीको ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !