चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन प्रधानमन्त्रीद्धारा उद्घाटन
स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जा पुगेका थिए ।उनी चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि आज स्याङ्जा गएका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले चापाकोट पर्यटकीय तथा धार्मिक द्धष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको बताए ।
त्यसैगरि आउँदा दिनहरुमा चापाकोट नगरपालिकालाई शिक्षा ,स्वास्थ्य र रोजगार क्षेत्रमा अमुल परिवर्तन लिएर आउन शुभकामना दिनुका साथै स्थानीय तहको निर्वाचन मिति घोषणा गरेर अघि बढीसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न हुने प्रधामन्त्री देउवाले स्पष्ट पारेका थिए ।
प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर स्याङ्जा पुगेका हुन्। पछिल्लो समय प्रधानमन्त्री देउवा देशका विभिन्न ठाउँमा पुगेर भवन उद्घाटन गरिरहेका छन्।