हालसम्मकै उच्च मूल्य ३८ रुपैयाँमा भारतबाट विद्युत् खरिद गर्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ।
बिहीबार प्राथिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आज रातिदेखि नै ३८ रुपैयाँमा विद्युत खरिद गर्न प्रतिस्पर्धामा भाग लिइने जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग हालसम्मकै उच्च मूल्यमा बिजुली खरिद गर्न लागिएको बताए। यसअघि भारतबाट प्रतियुनिट भारु ८ मा नेपालले बिजुली खरिद गर्दै आएको थियो।
प्राधिकरण मंगलबार र बुधबारको प्रतिस्पर्धामा नेपालले बोलकबोल गरेको भन्दा महँगोमा भारतीयले नै बिजुली किनेपछि नेपालतर्फको आपूर्ति रोकिएको थियो। जसका कारण मंगलबार साँझदेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ।
नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको विद्युत्ु प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।
प्राधिकरणले आज साँझ भारतबाट ७ हजार मेगावाट आवर बिजुली किन्नेछ।