सीवाईसी लघुवित्त र रिभर फल्स पावरलाई बोर्डले दियो आइपीओ जारी गर्न अनुमति
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको छ । बोर्डले सीवाईसी लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डले सीवाईसीलाई चैत ९ गते र रिभर फल्सलाई चैत १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै सीवाईसीले कुल चुक्ता पुँजीको ३२.५० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको हो । संस्थालेले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ जारी गर्नेछ ।
सीवाईसीले उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।
यसैगरी रिभर फल्सले कुल चुक्त पुँजीको ४९ प्रतिशत साधारण सेयर जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
रिभर फल्सले उक्त आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।