११ मंसिर २०८१, मंगलबार

निर्वाचन आयोगले तोक्यो स्याङ्जाका स्थानिय तहमा निर्वाचन अधिकृत

प्रकाशित मिति :  27 March, 2022 12:12 pm


स्याङ्जा । स्याङ्जामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

पाँच नगरपालिका र ६ गाउँपालिका गरी एघार स्थानीय तह रहेको जिल्लाका सम्पूर्ण पालिकाहरुमा निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ ।

अर्जुनचौपारी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९अतिरिक्त समूहका ०उपसचिव सुभाकार पौडेल, आँधीखोला गाउँपाालिकामा आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौंका निर्देशक डिल्ली राम पौडेल, कालीगण्डकी गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाका जिल्ला न्यायाधिवक्ता रामप्रसाद अधिकारी, फेदीखोला गाउँपालिकामा वैदेशिक रोजगार विभागका उपन्यायधिवक्ता विनोद पौडेल, विरुवागाउँपालिकामा स्याङ्जा जिल्ला अदालतका स्रेस्तेदार विश्वप्रसाद रेग्मी र हरीनास गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव घनश्याम सुवेदीले खटाएको छ ।

चापाकोट नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहका उपसचिव रमेश कँडेल, पुतलीबजार नगरपालिकामा जिल्ला अदालत स्याङ्जाका न्यायधिश बसन्तराज पौडेल, गल्याङ नगरपालिकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काठमाडौंका राप द्धितीय श्रेणीका गुरुदत्त सुवेदी, भिरकोट नगरपालिकामा जिल्ला समन्वय समिति, स्याङ्जाका जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य र वालिङ नगरपालिकामा सर्वोच्च अदालतका इलजास अधिकृत उद्विर नेपालीलाई खटाएको छ ।



प्रतिक्रिया दिनुहोस !